१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल बैङ्कले सार्वजनिक गर्‍यो ‘नबिल डिजीबैङ्क पोर्टल’

अ+ अ-

काठमाडौँ । नबिल बैङ्कले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैङ्कका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

ग्राहकलाई सहज र सरल बैङ्किङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैङ्कले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले आज आयोजित एक कार्यक्रमका बीच नबिल डिजीबैंक पोर्टलको सुरुआत गर्दै कम्प्युटराइज्ड बैङ्कबाट सुरु भएको यात्रा अब साँच्चिकै डिजिटल बैङ्कका रूपमा विकास भएको बताए ।

बैङ्कले ३७ वर्षे अवधिमा गरेको प्रमुख कार्यमध्ये डिजीबैंक पोर्टलसमेत एक रहेको उनको भनाइ थियो ।

सोे पोर्टलमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको छ । यसका साथै बैङ्कले आगामी दिनमा अन्य धेरै अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ ।

कार्यक्रममा बैङ्कका सिइओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आइकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका थिए ।

भिकेवाइसीको सुरुआतसँगै ग्राहकसँग केवाइसी प्रमाणीकरणका लागि बैङ्कको शाखा पुग्ने वा अनलाइनबाटै बैङ्कलाई आवश्यक विवरण पेस गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।

भिकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसै गरी नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैङ्क एपभित्र इमबोस्ड गरिएको सेवा हो । यसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् ।

यसै गरी ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सिभीभी)सहित मोबाइल बैङ्क एपभित्र भर्चुअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँबाहेक) इ–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस