९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसीबारे सरकारको भूमिका अनुसार हामी प्रस्तुत हुन्छौँ : उपाध्यक्ष पोखरेल

अ+ अ-

काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् ।

अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि बताए ।

‘सरकारले के गर्छ ? सरकारको बिजनेस के हो ? आफ्नो पोजिसन प्रस्तुत गर्नुपर्‍यो नि ! गठबन्धनले के धारणा बनाउँछन् ? हामी त प्रमुख प्रतिपक्षी हो, सरकारले एमसिसीको बारेमा आफ्नो प्रक्रिया कसरी चाल्छ, चालोस् न,’ उनले भने, ‘सरकार कुन रुपमा प्रस्तुत हुन्छ । सरकार कुन रुपमा प्रस्तुत हुन्छ, त्यसको आधारमा हामी प्रस्तुत हुन्छौँ ।’

सरकारसँग बहुमत रहेको भन्दै उनले हिम्मत भए संसदमा प्रस्तुत गर्न चुनौती दिए । यस्तै अर्को सन्दर्भमा नेता पोखरेलले सभामुखले निष्पक्ष भूमिका नखेलेको, पार्टीले कारबाही गरेका व्यक्ति सांसदकै रुपमा रहेको विषयमा प्रधानमन्त्री समक्ष राखिएको सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको तर्क गरे ।

आफ्ना सरोकारका बारे प्रधानमन्त्रीको धारणासमेत उनले माग गरेका छन् । तीन दिने आवासीय प्रशिक्षणमा एमाले नेता भानुभक्त ढकाल, गोकुल बास्कोटा, विन्दा पाण्डे, माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस