२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री महिला कप क्रिकेट: एपिएफ सेमिफाइनलमा

अ+ अ-

सुदूरपश्चिम । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टिम एपिएफले सुदूरपश्चिमलाई ८९ रनले पराजित गरेको छ ।

आजको लगातार दोस्रो जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । समूह ‘बी’ मा समावेश टोलीबीच भएका दुई खेलमा जित हात पार्दै एपिएफ चार अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

सुदूरपश्चिमलाई सेमिफाइनल पुग्नका लागि प्रदेश नं २ लाई पराजित गर्नुपर्नेछ । आजै भएको दोस्रो खेलमा प्रदेश नं २ ले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई भने कायम राखेको छ । समान दुई खेल खेलेका सुदूरपश्चिम र प्रदेश नं २ को एक खेलमा जित र एक खेलमा हार बेहोर्दै दुई अङ्क रहेको छ ।

रन रेटमा भने सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदा प्रदेश नं २ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जितविहीन हुँदै अङ्कविहीन भएर पुछारमा रहेको छ ।

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा छ विकेट क्षतिमा १२८ रन बनायो । एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमति ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए । एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन् । एपिएफका लागि करुणा भण्डारीले चार विकेट लिइन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान एक एक विकेट लिए । खेलमा चार विकेट लिएकी एपिएफकी करुणा भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

पहिलो खेलमा एपिएफसँग हार बेहोरेको प्रदेश नं २ ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । सत्र दशमलव एक ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दुई अङ्कको रन बनाउन सकेनन् ।

गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नं २ का लागि सन्तोषी चौधरीले तीन, अनुराधा चौधरीले दुई, रोजी कडारी र सरस्वती चौधरीले समान एक÷एक विकेट लिए ।

चालीस रनको विजय लक्ष्य प्रदेश नं २ ले तीन विकेट क्षतिमा प्राप्त गर्यो । दश दशमलव तीन ओभरमा जित हात पार्नका लागि ओपनरद्वय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ।

गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिइन् । खेलमा प्रदेश नं २ की सरस्वती चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिताअन्तर्गत बिहीबार लिग चरणका अन्तिम दुई खेल हुने आयोजकले जनाएको छ ।