८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रले फेरि निषेधाज्ञा थेग्दैन : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले फेरि अर्को निषेधाज्ञा थेग्न नसक्ने बताएका छन् ।

अब अर्थतन्त्र प्रभावित नै हुने गरी पुन: निषेधाज्ञा गर्न नहुनेमा शर्माको जोड छ । केही दिन यता कोभिड सङ्क्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुने हल्ला चलिरहेका बेला अर्थमन्त्रीबाट उक्त अभिव्यक्ति आएको हो । बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै आज (सोमबार) अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘विगतमाजस्तो पूर्ण निषेधाज्ञा अब सम्भव छैन,’ उनले भने, ‘सङ्क्रमणको अवस्था हेरेर सुरक्षाका व्यवस्था मिलाएर अघि बढ्नुपर्छ ।’ बैङ्किङ क्षेत्र पारदर्शी भए पनि जुनसुकै अवस्थामा पनि नाफा कुम्ल्याउनु पर्ने प्रवृत्ति कायमै रहेको अर्थमन्त्री शर्माले आरोप लगाए ।

‘सामान्य अवस्थामा राम्रो मुनाफा गर्नु अपराध होइन, नाफा व्यवसायको धर्म नै हो,’ उनले भने, ‘तर, मुलुक अप्ठेरो अवस्थामा रहेको बेला पनि नाफा खोज्नु भएन । अप्ठेरो अवस्थामा सबै मिलेर राष्ट्रलाई जोगाउनुपर्छ ।’

एउटै व्यक्ति बैङ्क तथा वित्तीय संस्थाका मालिक र उद्योगी व्यवसायी रहनु पनि वित्तीय क्षेत्रको ठुलो समस्या भएको उनले बताए । ‘बैङ्क तथा वित्तीय संस्थाबाट नाफा लिने र ऋण लिने व्यक्ति पत्ता लगाउनु पर्यो,’ उनले थपे, ‘यो कुरा बैङ्कहरूकै पक्षबाट आओस् ।’

बैङ्कको नाफामा लगानीकर्ता, निक्षेपकर्ता र ऋणीहरु सबैको समान योगदान रहने भएकाले मालिकहरुले आफूहरुको नाफा मात्र हेर्न नहुने उनले बताए ।

अर्थतन्त्रमा सुधार ल्याउनका लागि सबैभन्दा पहिले वित्तीय प्रणालीमा देखिएको तरलता समस्या समाधान गर्नुपर्ने र त्यसका लागि काम भइरहेको उनले जानकारी दिए । ‘तरलता सुधारको सङ्केत देखिइसकेको छ,’ उनले भने, ‘माघभित्रै सबै साम्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस