८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रबन्ध मिलाइँदै

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताए । ‘वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमा पठाउने गरिएको छ’, प्रजिअ पाण्डेले भने, ‘वडामा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको निगरानी गर्ने गरेका छन् ।’ मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिँदैन ।

तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताए । यहाँको सालघारीमा होल्डिङ्ग सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्स्क्ट्रसनका प्रतिनिधि लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताए ।

‘एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्’, उनले भने, ‘अरु सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ ।’ उनले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताए। ‘रु २९ करोड २४ लाखको ठेक्का भएपनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौँ’, उनले भने, ‘गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुँवरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताए । ‘बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ’, उनले भने, ‘सरकारको निर्देशन अनुसार पालिकाहरुमा धमाधम खोप अभियान सञ्चालन हुँदै छ ।’

उनले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताए । ‘भारतबाट आउनेहरुलाई गड्डाचौकीमा रहेको होल्डिङ्ग सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौँ’, उनले भने, ‘कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरुको सङ्ख्या बढिरहेको छ ।’

यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ । सङ्क्रमित देखिएकाहरुलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्‍याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस