यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन


६ माघ २०७८, बिहिबार


इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको हो । 

चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन फारम सुरु भएको हो । त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ रु दुई करोड ४३ लाख ३८ हजार २०१ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्ड जरिवानातर्फ रु १० हजार सङ्कलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट रु ६ लाख ३२ हजार ५० सङ्कलन भएको छ ।

चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु ४९ लाख ९५ लाख ७०० सङ्कलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिए । उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व सङ्कलन भएको छ ।

यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमति पत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ । 

इलामबाट नै चालक अनुमति पत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताए । उनका अनुसार कार्यालयमा चालक अनुमति पत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस