२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

अ+ अ-

धनुषा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन् ।

अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको १०० शय्याको सेन्ट्रल अस्पतालको धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा हिजो (बिहीबार) उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि यस अस्पतालको योगदान रहने विश्वास व्यक्त गरे।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकोले तीनै तहका सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीतिअनुसार प्रत्येक पालिकामा अस्पताल निर्माण हुन लागेकामा खुसी व्यक्त गरे ।

उनले विगतमा आफूले सोही स्वास्थ्य नीतिअनुरूप नेपालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारसँग आग्रह गरे ।

उनले अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै समयमा निजी क्षेत्रबाट गरिएको यस प्रकारका कामको प्रशंसा गरे ।

अध्यक्ष यादवले विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको ‘हब’ रहेको चर्चा गर्दै फेरि पनि शिक्षा र स्वास्थ्यको हबका रूपमा मिथिला क्षेत्रको विकास गरिनुपर्ने आवश्यकतामा जोड दिए।

उनले समतामूलक समाजको निर्माणका लागि देशमा रहेको गरिबी, बेरोजगारी अन्त्य हुनुपर्ने र त्यसका लागि आर्थिक विकास र समृद्धिका लागि दलहरूले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।