९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार विकासमा फड्को मार्दै खजुरा

अ+ अ-

राँझा । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् ।

गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसि र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहार नै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । यहाँका सबै वडामा अहिले धमाधम सडक र नाली निर्माण भइरहेको छ ।

निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनले अनुसार गाउँपालिकाले जन चाहना र आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनः निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।

खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण सुरु भएसँगै बजारको रुप पनि फेरिँदै छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु गाउँपालिकाले जनाएको छ ।

अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको खजुरा ४ नं वडाध्यक्ष तिलकवीर सुनारले बताए ।

गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालको भनाइ छ । उनले अब वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस