१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

अ+ अ-

गलकोट । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।

गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन ।

विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एन्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्र भने हुन नसकेको हो । निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि वासु थापाले कोरोना महामारी र वर्षाका कारण कालोपत्रको काम पटक–पटक प्रभावित बनेको भन्दै आगामी फागुनभित्रै काम सम्पन्न गरी हस्तान्तरण गरिने दाबी गरे ।

‘कोरोना मुख्य कारण हो, कोरोना कम हुनासाथ काम थाल्छौँ, पानी परेर सडक बन्द हुन्छ,’ थापाले भने ‘कालोपत्र गर्ने कच्चा सामग्रीको प्लान्ट खोज्नै एक वर्ष लाग्यो, अहिले प्लान्ट तयारी छ, सडक समेत सञ्चालनमा छ तर मौसम खुलेको छैन, विमानस्थलको कालोपत्र बाहेक अन्य काम एक वर्ष पहिलै सकिएको हो, अबको दुई हप्तामा काम सुरु हुन्छ, सरासर भए १० दिनमै कालोपत्र सक्छौँ ।’

धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिल्यै सकिएर धावनमार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए ।

ओझाका अनुसार ठेकदारका कारण नभएर कोरोना महामारी र मौसमका कारण कालोपत्र गर्न नसकिएको तर अब फागुनभित्रै कालोपत्र गर्ने तयारीमा निर्माण व्यवसायी रहेको छ ।

करिब २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए तर अहिले विमानस्थल बन्द छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस