२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय समस्या समाधानका लागि सकारात्मक छलफल: सरकारका प्रवक्ता

अ+ अ-

काठमाडौँ । सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

‘आजको छलफल सकारात्मक भएको छ । निरन्तर छलफललाई अगाडि बढाएर निष्कर्षमा पुर्याउँछौँ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।

यस्तै संसद्मा लामो समयदेखि जारी रहेको गत्यावरोधलाई हटाउने विषयमा पनि महत्वपूर्ण संवाद भएको उनको भनाइ छ । राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन आजको छलफल ‘आइसब्रेक’ भएको मन्त्री कार्कीले उल्लेख गरे ।

उनले संसद्को प्रभावकारिता बढाउने र जीवन्त बनाउने विषयमा प्रमुख प्रतिपक्षीसँग महत्वपूर्ण छलफल भएको र यसलाई निरन्तर जारी राखेर चाँडै निष्कर्षमा पुर्याइने उनले जानकारी दिए ।

फरक एक प्रसङ्गमा मन्त्री कार्कीले सत्तारूढ गठबन्धनमा कुनै पनि अविश्वास नरहेको समेत उल्लेख गरे ।