९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन घोषणाले जनप्रतिनिधि उत्साहित

अ+ अ-

राँझा । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् ।

सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशङ्का हटेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।

उनले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह आउनुपर्ने उल्लेख गर्नुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताए ।

जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गर्दै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्याङ्कन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उनले बताए ।

जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले अब नयाँ जनमतको लागि जनप्रतिनिधि तयार रहनुपर्ने बताए । स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग पुगेको उनको भनाइ छ ।

निर्वाचनको घोषणासँगै बाँकेका आठ वटै स्थानीय तह र ८१ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् ।

स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोल टोलमा पार्टीको सङ्गठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस