१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न तागत लगाउँछु : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको पहिचान र अधिकार थपेर संविधान संशोधनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मधेसी जनताको नागरिकता, पहिचान र अधिकारका लागि जनयुद्धकालमा जसरी नै तागत लगाउने बताए ।

मलाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाएर मेरो काँधमा ठुलो भारी बोकाएर पठाउनुभएको महसुस पनि भएको छ, उनले भने, मधेसको नागरिकताको समस्या समाधान गर्न, मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न र मधेसको आत्मसम्मानलाई वृद्धि गर्न जसरी जनयुद्धको बेला हामीले सम्पूर्ण तागत लगाएका थियौँ । फेरि एकचोटी मधेसका निम्ति तागत लगाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

गणतन्त्र, राष्ट्रिय स्वाधीनता र संविधान रक्षाका लागि बनाइएको गठबन्धन भत्काउने, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था उल्ट्याउन र निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको पनि दाबी गरे ।

जनयुद्ध र अन्य खालका सङ्घर्षमा मधेसी जनताले साथ दिएको उल्लेख गर्दै दाहालले अप्ठ्यारो पर्‍यो भने आफू फेरि मधेसमा आएर शक्ति आर्जन गर्ने कोसिस गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस