२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन

अ+ अ-

दमौली । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्म चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले उक्त अवधिमा चार अर्ब एक करोड ५१ लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा २३ करोड ५१ लाख ५७ हजार बढी सङ्कलन भएको कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार छ महिनामा लक्ष्यको एक सय पाँच प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार अन्तःशुल्कतर्फ दुई अर्ब ७९ करोड ९९ लाख, स्वास्थ्य सेवातर्फ ८९ करोड ६८ लाख २० हजार, आयकरतर्फ ३२ करोड १३ लाख ४३ हजार, भ्याटतर्फ १९ करोड ७२ लाख ८० हजार, व्याजकरतर्फ दुई करोड ७७ लाख ९३ हजार, घरबहाल करतर्फ ७१ लाख १६ हजार र शिक्षा सेवा शुल्कतर्फ पाँच हजार सङ्कलन भएको छ ।

गत आव २०७७÷७८ को छ महिनामा कार्यालयले तीन तीन अर्ब ५५ करोड ५२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा चालू आवको छ महिनामा ६९ करोड पाँच लाख आठ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

पुस महिनामा मात्रै कार्यालयले एक अर्ब नौ करोड ४७ लाख चार हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा एक अर्ब २७ करोड ५३ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखा परीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

मनाङका करदाताले लमजुङबाट कर तिर्नसक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रम, करदातासँग अन्र्तक्रिया कार्यक्रम गर्दै आएको छ । उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सको सहकार्यमा त्यो काम हुँदै आएको बताइएको छ ।