२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदीमा थप १५ वटा गोही छोडियो

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ ।

पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो ।

यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ । यस आर्थिक वर्षमा १०० हाराहारी गोही छाडिने तयारी रहेको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्ष लागेपछि हालसम्म राप्ती नदीमा ६२, नारायणीमा २० र कोसीमा २० गोही छाडिएको छ । थप केही गोही राप्तीमा छाड्ने तयारी छ ।

पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ वटा गोही छाडिएको थियो । दुई भाले र १० पोथी नदीमा छाडिएको हो ।

माघ १९ गते पथरीस्थित कोसी नदीमा तीन भाले र १७ पोथी गरी २० वटा गोही छाडिएको थियो । माघ २३ गते जनकपुरघाटस्थित राप्ती नदीमा तीन भाले र १७ पोथी छाडिएको पौडेलले जानकारी दिए ।

यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । हालसम्म विभिन्न नदीमा एक हजार ६७२ गोही छाडिएको उनले बताए ।

यस वर्ष राप्ती र नारायणीका सात वटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँडमा रहेका अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुवै नदीमा गोहीको गुँड अनुगमन गरिँदै छ ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका हुन् । हालसम्म राप्तीमा ८८२, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४३५ वटा गोही रहेका छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ ।

राप्ती र नारायणी नदीमा पछिल्लो पटक गरिएको सर्वेक्षणमा पाँच वटा भाले गोही भेटिएको निकुञ्जले जनाएको छ । भालेको अभाव देखिएपछि केही वर्षअघि बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्तीमा छाडिएको थियो ।