२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सहसचिवको सरुवा मिलान

अ+ अ-

काठमाडौँ । सरकारले थप ४ जना सहसचिवको सरुवा मिलान गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही मन्त्रालयसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा मिलाएको हो ।

मन्त्रालयले निजामती कितावखानाको महानिर्देशकको जिम्मेवारी बाबु राजा श्रेष्ठलाई दिएको छ । तत्कालीन महानिर्देशक नेत्र सुवेदीको प्रदेश सचिवमा सरुवा भएसँगै रिक्त कितावखानामा त्यहीकै उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशक बनाएको हो ।

केही दिन अघि मात्रै प्रदेशबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिएका कुमार दाहाललाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको । यस्तै रिक्त निर्वाचन आयोगमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ ।

मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयका रजिष्टार प्रदीप अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ । केही दिन अघिको सरुवामा मिलाउन छुटेकालाई व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

हरेक दिन जसो सरुवा गरिरहने सामान्य प्रशासन मन्त्रालयले पछिल्लो उपल्लो तहका कर्मचारीको सरुवालाई पनि महिनैपिच्छे गर्न थालेको छ । कर्मचारी व्यवस्थापन नै मन्त्रालयको जिम्मेवारी भए पनि केही समय यता भने सो भूमिका निर्वाह गर्न सकेको देखिँदैन । राजनीतिज्ञ, व्यापारी तथा बिचौलियाहरूको स्वार्थपूर्तितर्फ लाग्दा स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र दिनप्रतिदिन अस्थिर र भद्रगोल बन्दै गएको छ ।

नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका रहने सहसचिव नै महिनामा दुई पटकसम्म सरुवा गरिँदा नीतिमा प्रवेशै गर्न नपाउने एकातिर छ भने कतिपयको हकमा बरन्डामै घुमाइरहँदा राज्यकोषकोसमेत दुरुपयोग भइरहेको छ । घर बसी बसी तलबसमेत खुवाउँदा नेतृत्व तहको क्षमतामाथि नै प्रश्न उठ्न पुगेको छ ।