२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमालेबिच आज पनि वार्ता हुँदै, माओवादीलाई एमसीसीको पक्षमा उभिन तीन बजेसम्मको अल्टिमेटम

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच शनिवार पनि वार्ता हुने भएको छ । शनिवार अपराह्न दुई दलबिच वार्ता हुने तयारी छ । एमसीसी संसद्मा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् । 

शुक्रवार साँझ पनि दुई दलबिच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ ।  पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबिच सहमति जुटिसकेको छैन । 

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने काँग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत् छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढङ्गले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने सङ्केत गरेको बताए ।

काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ ।  एमालेसँगको छलफलपछि काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिवार तीन बजेसम्मको समय दिएको काँग्रेसका एक नेताले बताए । 

प्रचण्डले भने गठबन्धन जोगाउन अझै पनि आ–आफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताउँदै आएका छन् । उनले शुक्रवार देउवालाई भेटेर एमसीसी निर्णयार्थ पेश हुँदा पार्टीले बहिस्कार गर्ने तर पास हुने वातावरण बनाएर गठबन्धन पनि जोगाउने प्रस्ताव गरेको बताइएको छ । तर देउवा विश्वस्त हुन भने नसकेको नेताहरुको भनाइ छ ।