२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व मन्त्री श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । पदीय दुरुपयोग गरेर अकुत सम्पति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बनेका थिए । सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लागेको छ ।

आयोगका अनुसार पूर्व मन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाएका थिए । यस्तै, त्यसअघि उनीले शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए ।

आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्व मन्त्री श्रेष्ठको कूल आय ६ करोड ९० लाख १६ हजार ६२७ बराबर रहेको देखिन्छ । सो अवधिमा उनले कुल ११ करोड ३५ लाख ४४ हजार २९४ बराबर खर्च गरेको देखिन्छ । यस आधारमा चार करोड ४५ लाख २७ हजार ६६६ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको देखिन्छ ।

नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनः निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको आयोगको भनाइ छ ।

आयोगले पूर्व मन्त्री श्रेष्ठविरुद्ध चार करोड ४५ लाख २७ हजार ६६६ कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चलअचल सम्पत्ति घर, जग्गातर्फ बैङ्क मौज्दात गरी ६८ लाख ५० हजार ९५३ समेत रोक्का राखी जफत गर्न र अपुग बिगो तीन करोड ७६ लाख ७६ हजार ७१३ र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले पूर्व मन्त्री श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुल गर्न माग गरिएको छ ।

आयोगले सरस्वती श्रेष्ठ, सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरूको नाममा रहेको घर जग्गा तथा बैङ्क खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरिएको छ ।