२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

अ+ अ-

काठमाडौँ । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानी महलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए ।

नेपाल भलिबल सङ्घको सहकार्यमा हुने प्रतियोगितामा विजेता टोलीले एक लाख तथा दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गर्ने छन् ।

करिब ३० लाख बजेट अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था गरिने जनाइएको छ ।

चलचित्र नायक धीरेन शाक्यले खेलकुद, कला, सङ्गीतका साथै सामाजिक कार्यमा सक्रिय तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उनको स्मृतिमा कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, पत्रकार पद्मम न्यौपानेलगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न उक्त प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।