७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

अ+ अ-

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

अस्पतालमा उपचाररत ह्विलचियर प्रयोगकर्ताहरुका लागि वरिपरिका बस्ती र स्थानहरु अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैँसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्विलचियर गुडाउने बाटो निर्माण भइरहेको बताउँदै उनले सो कार्यमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेको जानकारी दिए ।

‘अरूले डोर्याएर नभई आफैँले ह्विलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदैछौँ’, उनले भने, ‘जसले स्पाइनल इञ्जरी भएकाहरुका लागि उत्प्रेरणाको काम हुनेछ ।’

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा २० वर्षअगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकट इञ्जरी भएका तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ ।

५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डाक्टर राजु ढकालले बताए । अहिले सो अस्पताललाई एक सय शय्या पुर्याउनका लागि सबै प्रक्रिया अगाडि बढिसकेकाले भएको भवनहरु प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने उनले बताए ।

अस्पतालले स्पाइनलकट इञ्जरी भएका व्यक्तिलाई उपचार सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा स्पाइनल इञ्जरी भएका रामबहादुर तामाङ, अर्जुन दोङ लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस