२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी पास गराएकोमा देउवाद्धारा प्रचण्ड–माधवलाई धन्यवाद ज्ञापन

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष धन्यवाद दिएका छन् ।

सत्तारुढ गठबन्धनमा आबद्ध ४ दलको आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवसहित गठबन्धनका सबै नेताहरूलाई धन्यवाद दिएका हुन् ।

‘एमसीसीको अन्यौल चिरेर अनुमोदन गर्न सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद । प्रचण्डजी र माधवजीलाई अझ विशेष धन्यवाद’, बैठकमा प्रधानमन्त्री देउवाले भने ।

गठबन्धन बैठकमा एमसीसी अनुमोदनपछिको राजनीतिक कोर्सबारे छलफल भएको थियो । बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेललाई प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

‘आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद सञ्चालन गरेर राष्ट्रका यावत् समस्याबारे संसदमा छलफल हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको छ’, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको थियो ।

गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीले बताए ।

‘चुनावी तालमेलबारे सबै दलभित्र छलफल हुनै बाँकी छ । गठबन्धन रहन्छ तर तालमेलबारे प्रष्ट भइसकेको छैन’, कार्कीले भने ।