६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-युएई संयुक्त समितिको बैठक आज

अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा.अब्दुल रहमान अव्दुलमानन अल अवारबिच आज भेटवार्ता हुँदैछ ।

भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समितिको बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ युएईको राजधानी आबुधावी गएका हुन् । आज हुने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठ र समकक्षी अल अवारले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रपछि प्राविधिक समूहको बैठक हुने छ । सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनबारे समीक्षा हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सुरक्षा, पारिश्रमिक वृद्धि र पर्यटन भिसामा आएर अलपत्रमा परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रतिक्रिया दिनुहोस