११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

अ+ अ-

लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै निर्वाचनका बारेमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे ।

अध्यक्ष दाहालले सरकारमा सहभागी पाँच दलीय गठबन्धन नै निर्वाचनसम्म जोगाएर लैजाने पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘अहिले हामी गठबन्धनमा छौँ । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन ।’

पूर्व प्रधानमन्त्री दाहालले काँग्रेसका केही नेताले माओवादीसँग गठबन्धन हुँदैन भने पनि प्रधानमन्त्री देउवाले भने यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको रहेको जनाउँदै भने, ‘काँग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उनले चुनाव हुन्छ वा हुँदैन भन्ने आशङ्का अवस्था अझै व्याप्त रहेको जनाउँदै आफूहरू चुनावको तयारीमा पुरै तागत लगाएर गइसकेको बताए। पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेतासँगै पत्रकार सम्मेलनमा आएका अध्यक्ष दाहालले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरू एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस