१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ महिनामा झन्डै ७ अर्बकै फलफूल आयात

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ।

सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो।

तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ। छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।

नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ। यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिँदै गएको देखिन्छ।

सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७र७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो। नेपालमा ठुलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

यसै गरी, सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ। नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ।

सो अवधिमा भारतबाट ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६०० मूल्य बराबरको कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ।

पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ। कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ।

पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ। १०० मिटरको उचाइदेखि दुई हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि एक हजार २०० मिलिमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ। कागतीलाई सुन खेतीका नामले पुकारिन्छ।

झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख आम्दानी हुने कृषि विज्ञको भनाइ छ। नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ। तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ। तर आयात भने रोकिएको छैन।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ।

त्यस्तै, सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याङ्क छ।

यसै गरी, सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड मूल्य बराबरको भूइँकटहर, युगान्डा र मेक्सिकोबाट दुई करोडको एभोकाडो, भारतबाट १६ करोडको खर्बुजा, चीनबाट १३ करोडको नासपती भारतबाट चार करोडको किवी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलो जन्य एवम् विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस