९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवको पार्टीमा निर्वाचनमा जाने-नजानेबारे दुई धार, माओवादी केन्द्रसँग एकताको प्रयास पनि जारी

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने नजाने विषयमा दुई धार देखिएको छ।

शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ।

विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन चुनावलाई उपयोग गर्नुपर्ने विचार अघि सारेका छन्। उनले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले सहभागिता जनाउनुपर्ने भनेका छन्।

विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा छन्। सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली भने चुनावको विपक्षमा छन्।

बास्तोलाले चुनावको विरोध गरे पनि राष्ट्रपतीय प्रणालीको एजेन्डा अगाडि बढाउनुपर्ने तर्क गरेका छन् भने ओलीले चुनाव बहिष्कार नै गर्नुपर्ने बताएका छन्।

‘पार्टीमा दुई धार स्पष्ट देखिएको छ। यो केन्द्रीय कमिटीले एउटा निष्कर्ष निकाल्छ। सचिवालयकै नेताहरू चुनावको पक्ष र विपक्षमा छन्,’ एक केन्द्रीय सदस्यले भने, ‘हामीले शान्तिपूर्ण राजनीतिमा आउने भनेर सहमति गरिसकेपछि अब चुनावमा जानुपर्छ भन्ने मत बलियो छ। केही साथीले अहिले जस्तो निर्वाचनमा गएर अर्थ नहुने बताउनुभएको छ।’

विप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबिच गत वर्ष ३ बुँदे सम्झौता भएको थियो। फागुन २१ मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो।

त्यसयता विप्लवले सहमति कार्यान्वयनका लागि पहल गर्न विभिन्न राजनीतिक नेतासँग पटक-पटक भेट गरिसकेका छन्।

२०६९ सालमा मोहन वैद्य नेतृत्वमा पार्टी माओवादी विभाजनमा सहभागी भएका विपल्व २०७१ मा वैद्यसँग छुट्टिएका थिए।

पार्टी विभाजन गरेर क्रान्ति गर्छु भनेको औचित्य प्रमाणित नभएको भन्दै पार्टीभित्र विप्लवको आलोचनासमेत भइरहेको छ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्र बिच एकताको लागि प्रयास समेत भइरहेको छ। त्यसको लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रयास गरिरहेका छन्। उनले विप्लवलाई पटक-पटक भेटसमेत गरेका छन्।

माओवादी केन्द्रसँग एकता गर्ने विषयमा भने विप्लव र विश्वकर्माबिच मतभेद छ। विश्वकर्माले एमालेसँग एकता गर्न चाहेको स्रोतको दाबी छ। तर विप्लवले जस्तो निर्णय गरे पनि सँगै रहने गरी गर्ने भनेर विश्वकर्मालाई रोकेको स्रोतको दाबी छ। विप्लवले माओवादी केन्द्रसँग एकता गर्न चाहे पनि माओवादी केन्द्र भित्रैका केही नेताहरू त्यसमा तयार नभएको बताइएको छ।

‘हाम्रा पार्टीका बारेमा जति पनि आशङ्का र बहसहरू भएका छन्। ती सबैको विषयमा हाम्रो पार्टी बैठकमा छलफल भइरहेको छ,’ विप्लव नेतृत्वको नेकपाका एक नेताले भने, ‘हाम्रो बैठकले सबै विषयमा स्पष्ट निर्णय गर्छ। त्यसपछि हामी कसरी जान्छौ भन्ने रोडम्याप तयार हुन्छ।’

प्रतिक्रिया दिनुहोस