२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई ट्राफिक व्यवस्थापन उपकरण हस्तान्तरण

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा आज यहाँ आयोजित एक समारोहमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमार्फत महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई २० वटा ‘ह्विल लक’ तथा ८८ वटा ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको हो ।

सहरी विकासमन्त्री झाँक्रीले बढ्दो सवारी साधनका कारण भइरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनधिकृत पार्किङलाई निरुत्साहित एवम् नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् ।

उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत गरिन् ।

महाशाखाका प्रमुख एसएसपी जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा मन्त्रालय तथा प्राधिकरणले गरेको पहल एवम् अग्रसरताप्रति आभार व्यक्त गरे।

उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नाका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।