२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी

अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा शून्य रनमा आउट भए । महेन्द्र सिंह धोनीले २३ रन बनाए ।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २-२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए । यस जितसँगै पन्जाबले तीन खेलमा दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेमा ४ अङ्क जोडेको छ । चेन्नईले ३ खेलमा अङ्क जोड्न सकेको छैन ।