१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरूको छानबिन सुरु

अ+ अ-

काठमाडौँ । न्यायपरिषदले न्यायाधीशको फैसला र कामकारबाही जोडिएका २५० भन्दा बढी उजुरीहरूको छानबिन थालेको छ ।

न्यायाधीशहरूको कामकारबाही र क्रियाकलाप निगरानी गर्ने संवैधानिक निकायले विशेषतः फैसलामाथि परेका उजुरीहरूको छानबिन गरिरहेको हो । तीमध्ये केही गम्भीर प्रकृतिको रहेको परिषद् स्रोतले बताएकाे छ।

‘परेका उजुरीहरूको विवरण केलाउने, आवश्यक परे मिसिल मगाएर हेर्ने र गम्भीर उजुरीमाथि विस्तृत रूपमा हेर्ने काम भइरहेको छ,’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले भने, ‘तीमध्ये करिब १० प्रतिशत (२०–२५ वटा) उजुरी अलि गम्भीर प्रकृतिका छन् । ती उजुरी विस्तृत अनुसन्धानमा जाने क्रममा छन् ।’

उनका अनुसार, उजुरी परेपछि थप अध्ययन हुन नसकेका, अलपत्र परेका फाइलहरूलाई अघि बढाउने काम भएको छ । उजुरी पर्ने तर लामो समयसम्म कुनै कारबाही नहुने समस्या रहेकाले तिनलाई गति दिन खोजिएको न्यायपरिषदका सदस्य समेत रहेका कानुनमन्त्री बडुले बताए ।

न्यायपरिषदका अर्का सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले सार्वजनिक वृत्तमा प्रश्न उठेका र विवादास्पद देखिएका आदेश र फैसलामाथि समेत अध्ययन भइरहेको जानकारी दिए ।

उनका अनुसार, प्रारम्भिक रूपमा हेरेर केही उजुरीमाथि छानबिन समिति नै बनाएर अघि बढ्ने गरी तयारी भएको छ ।