१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने : मन्त्री पौडेल

अ+ अ-

परासी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् ।

विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमुनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए । उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानुनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।’

मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरूलाई आग्रह गरे । आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए ।

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए ।