काठमाडौँ । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायत एन्फा पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।
किर्गिस्तानमा आयोजना हुने छनोट खेलमा नेपाली टोली समूह ‘बी’ मा रहेको छ । नेपालसहित उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान समूह ‘बी’ मा छन् ।
अप्रिल ५ देखि सुरु हुने छनोटमा नेपालले पहिलो खेल १० अप्रिलमा उज्बेकिस्तान, ११ अप्रिलमा ताजिकिस्तान र १२ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ ।
फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले यसअघि नै १४ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।