९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जा मन्त्री भुसाल

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सही सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।’

जलस्रोत तथा सिँचाइ विभागलगायत जलस्रोत क्षेत्रका विभिन्न अनुसन्धान संस्थाद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले खाद्य सुरक्षा, ऊर्जा विकास तथा पारिस्थितिक प्रणालीको निरन्तरताका लागि जलस्रोतको महत्त्वपूर्ण भूमिका हुने विषयलाई कसैले पनि भुल्न नहुने बताइन्।

उनले भनिन्, ‘जलस्रोतको उचित व्यवस्थापन गरेर आर्थिक तथा सामाजिक विकासलाई विस्तार गर्नुपर्छ ।’ पानी व्यवस्थापनमा गम्भीर चुनौती देखा पर्दै गएको उल्लेख गर्दै उनले भनिन्, ‘बर्सातको समयमा ८० प्रतिशतभन्दा बढी पानी उपलब्ध हुन्छ, त्यसलाई सही तवरले व्यवस्थापन गर्न नसक्दा बाढी पहिराजस्ता मानवीय विपत्तिसँग जुध्न बाध्य छौँ, प्रत्येक वर्ष हाम्रो ठुलो आर्थिक स्रोत क्षति भइरहेको छ ।’

जैविक विविधता तथा जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव पर्दै गएको बताउँदै मन्त्री भुसालले खानेपानी, सिँचाइ र विद्युत् उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुने गरेको उल्लेख गरिन्। उनले भनिन्, ‘जलवायु परिवर्तनको असरले हिमनदी पग्लिरहेका छन् र अतिवृष्टि, अनावृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ ।’

मन्त्री भुसालले जलस्रोतको विकास, व्यवस्थापन र उपयोगबाट खाद्य, ऊर्जा सुरक्षा, जैविक विविधता संरक्षण, आर्थिक तथा सामाजिक विकासमा पर्ने प्रभावबारे एकीकृत अध्ययन अनुसन्धान गरेर समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औँल्याइन् । उनले जलवायु अनुकूलित सिँचाइ प्रविधिको विकासले उत्पादकत्व वृद्धि भई विद्यमान कृषि व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य बुद्धबहादुर गुरुङले पानीको सही व्यवस्थापनबाट देशको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने भएकाले सही तवरले एकीकृत सदुपयोगमा लाग्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य सालोनी प्रधान सिंहले जलस्रोतको उचित सदुपयोग गरेर आर्थिक व्यवस्थालाई सबल बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस