९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थाका हरेक क्रियाकलाप निर्वाचनसँग जोड्नुस् : प्रमुख थपलिया

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिएका छन् ।

सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिसँगको छलफलमा उनले सिङ्गो मुलुक नै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, मितव्ययी र भयरहित तुल्याउन केन्द्रित रही अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हाम्रा सबै स्रोत, साधन र जनशक्ति निर्वाचनतर्फ केन्द्रित गरी निर्वाचनका निम्ति उपयुक्त वातावरण तयार गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित निर्वाचन गर्नु हामी सबैको साझा दायित्व हो ।’

निर्वाचन प्रचारप्रसारका सन्दर्भमा कुनै पनि कमीको अनुभूति नहुने गरी उत्साहजनक रूपमा काम गर्ने सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सुझाव दिँदै प्रमुख थपलियाले सञ्चारमाध्यमका प्रत्येक कार्यक्रम र गतिविधिलाई निर्वाचनसँग जोडेर लैजान सल्लाह दिए ।

सार्वजनिक सञ्चारमाध्यम आफैँ स्वायत्त र स्वतन्त्र रहेकाले आ–आफ्ना स्थानीय तहका संरचनामार्फत निर्वाचनसम्बन्धी समाचार सङ्कलन र प्रसारण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिँदै उनले मितव्ययीताका बिच कुशलता र सक्षमता देखाएर काम गर्न सक्नुपर्छ भने ।

एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वीकृत निर्वाचन कार्यतालिका एक दिन पनि प्रभावित नभएको मात्र नभई निर्वाचन सामग्री आउने र मतपत्र छपाइको काम सुरु भइसकेको जानकारी दिए ।

आयोगले कर्णालीसहित दुई वटा प्रदेशको मतपत्र छपाइका लागि डिजाइन गरेकामा कर्णाली प्रदेशको मतपत्र छपाइ भइसकेको जानकारी दिएको छ । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपालका अध्यक्ष तथा महाप्रबन्धक र प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस