६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके चुनौती उत्पन्न हुन्छ : गभर्नर अधिकारी

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको ‘नेसनल कन्फरेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कायम रहने बताएका हुन् ।

आयात बढ्दै जाने तथा सोअनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रूपमा देखिएको उनले बताए ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण सोधानान्तर घाटा र बैङ्कमा तरलता अभाव रहेको बताए । पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैङ्कहरूमा ब्याजदर बढ्दै गएको गभर्नर अधिकारीको भनाइ छ ।

‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मूल्यवृद्धिमा चाप पर्ने अवस्था रहेको छ । आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा आप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको छ,’उनले भने । हाल देखिएको चुनौतीपूर्ण बाह्य पृष्ठभूमिका रूपमा कोभिडपूर्वको अवस्था सम्झनुपर्ने गभर्नर अधिकारीले बताए । कारोनाका कारण २०२०मा विश्वभर नै बाह्य व्यापार तथा बाह्य रेमिट्यान्स प्रभावित भएको उनको भनाइ छ ।

त्यस्तै गभर्नर अधिकारीले नेपालमा साढे चार दशकदेखि नै बाह्य व्यापार घाटामा रहेको बताए । चालु आर्थिक वर्षको सुरुवातदेखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको उनले बताए । कुल वस्तु आयात ३८.६ ले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने गभर्नर अधिकारीले बताए । श्रीलङ्काको अवस्था हेरेर आयात प्रतिस्थापनमा ध्यान दिनुपर्ने पनि उनले बताएका छन् ।

गभर्नर अधिकारीले अत्यधिक आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाई निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा जानुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस