९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो: तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ ।

केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने बताए । महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने बताए ।

महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।

काँग्रेसले शीर्ष बैठकको मापदण्डका अनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै कमिटीहरूले एक्ला एक्लै लड्ने निर्णय गरेमा स्वतन्त्र रहेको जनाएको छ । तर एमालेसँग भने मिल्न नपाइने भनेको छ ।

कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले बताए ।

प्रतिक्रिया दिनुहोस