९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : प्रधानसेनापति शर्माको ४ बुँदे निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चार वटै कमान्डका कमान्ड सेनापतिहरूलाई निर्देशन दिएका छन् ।

नेपाली सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा शर्माले वैशाख ३० मा हुने ‘स्थानीय तह निर्वाचन–२०७९’ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारी उचित ढङ्गले वहन तथा कार्यान्वयन गर्न आइतबार निर्देशन दिएका हुन् ।

सैनिक मुख्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रधानसेनापति शर्माले चार बुँदे निर्देशन चारै कमान्डका कमान्ड सेनापतिलाई जारी गरेका छन् ।

शर्माले आ-आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसाग असरदार रूपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्देशन जारी गरेका हुन् ।

प्रधानसेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना-२०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरूलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघि नै राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारको निर्णय अनुसार स्थानीय तहको लागि सेना परिचालनको लागि स्वीकृत दिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस