९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता अग्रगमनकारी शक्तिका पक्षमा छन : नेता खतिवडा

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उनले भने, ‘मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन सक्नुपर्छ ।’

नेता खतिवडाले समाजवादी र नवउदारवादीको एकता र सहकार्यबाट संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव खतिवडाले देशमा समाजवादी आन्दोलन अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनविरुद्धको आन्दोलनबाट उक्त सङ्गठन उदय भएकाले यसले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज सन्तराम बिँडारीले निर्धारित समयमा चुनाव सम्पन्न भएपछि प्रतिगमनहरु किनारा लाग्ने हुँदा अब सङ्गठनमा आबद्ध पत्रकारलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस