२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँणसँग दक्षिण कोरियाका राजदूतको भेटवार्ता

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत चोङ सुक गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्री र राजदूतबीच नेपाल र दक्षिण कोरियाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा गृहमन्त्री खाँणले नेपालको भौतिक पूर्वाधार विकासमा दक्षिण कोरियाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै, उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीको पनि गृहमन्त्रीले चर्चा गरेका थिए ।

पछिल्लो समय विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताएका थिए । उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड– १९ का कारण रोकिएको ईपीएस अब पुनस् सुरु हुने चरणमा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूतको भनाइ थियो । राजदूतले वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आँकलन राजदूतावासले गरेको बताएका थिए ।