२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आज (बुधबार) देखि घोषणा पत्र लेखन थाल्ने भएको छ । काँग्रेसले अहिलेसम्म सुझाव सङ्कलन गरेको थियो ।

०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट काँग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो ।

हिजो (मंगलबार)सम्म सुझाव लिइएको र आजदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । उनका अनुसार वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी रहेको छ ।

काँग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । यसपालि काँग्रेसले स्थानीय स्तरबाट पनि प्रतिबद्धता पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् ।

केन्द्र र स्थानीय स्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्न भनिएको ती नेता बताउँछन् । विगतका घोषणा पत्र हेर्दा पूरा गर्न नसकिने खालका विषय पनि समावेश गरिएका थिए ।

काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन् ।

यस्तै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने बताइएको छ ।