७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सक्षम व्यक्तिको खोजीमा मतदाता

अ+ अ-

भजनी । कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिएका छन् । विगतका वर्षमा स्थानीय अगुवा पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा छैनन् ।

‘विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट हाल्यौँ । एक जनाको पछाडि सिङ्गो समुदाय लाग्यो । अगुवाले जिताउनुपर्नेलाई हामीले भोट हालेर चुनाव जितायौँ । चुनाव जितेकाले त के, भोट हाल्न निर्देशन गर्नेले पनि पछि हामीलाई बिर्से’, सोमलालले भने, ‘यो पटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । जसले वर्षौँदेखिको हामी सुकुम्वासीको समस्या समाधान गर्न सक्छ । हाम्रा समस्या समाधान गर्न सक्ने क्षमता जुन उम्मेदवारमा छ, हामी त्यसैलाई भोट दिन्छौँ ।’

विसं २०६४ देखि एकतापुर शिविरमै बस्दै आएकी सुमित्रा विश्वकर्माले विगतका निर्वाचनमा विभिन्न राजनीतिक दलले चुनावमा जित्यो भने सुकुम्वासीको समस्या समाधान गर्ने लिखित प्रतिबद्धता गरेको बताउँदै प्रतिबद्धताको कागज आज पनि आफूहरूसँग सुरक्षित भए पनि चुनाव जितेकाहरू फर्केर शिविरमा नआएको बताउँछिन् । ‘वर्षौँदेखि हामी आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छौँ । हाम्रो बस्तीमा बिजुली छैन, सडक छैन, खानेपानी छैन, शिक्षाका लागि विद्यालय छैन । यस्ता कैयौँ आवश्यकताको पर्खाइमा हामी छौँ’, सुमित्राले भनिन्, ‘यी आवश्यकता पूरा गर्छौँ भनेर हामीसँग प्रतिबद्धता गरेर गएका आज फेरि बस्तीमा आइसकेका छन् । हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि ।’ उनले यस पटक भने आश्वासन दिनेभन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने बताइन् ।

टीकापुर नगरपालिका–३ का आशिष् नजाला पनि पार्टीभन्दा व्यक्तिको पर्खाइमा रहेको बताउँछिन् । उनी राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यस पटक पार्टीभन्दा माथि रहेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा छन् । ‘हामी कुनै राजनीतिक दलसँग आबद्ध छौँ । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ’, आशिषले भने, ‘समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्छ । मैले अरूलाई पनि दिने सुझाव त्यहीँ हो अहिले पार्टी नहेरौँ व्यक्ति हेरौँ ।’

भजनी नगरपालिका–६ कि दिव्या चौधरी दुई वर्षदेखि महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल हालेर बस्दै आएका छन् । बाढीबाट विस्थापित भएकी दिव्या मात्रै होइन नगरपालिकाका अधिकांश वडामा बाढीबाट विस्थापित भएर सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेको दुई वर्ष भइसक्दा पनि आफूहरूको कुनै व्यवस्थापन सरकारले गर्न नसकेकामा निकै दुखित छन् । ‘हामीले कसलाई भोट दिने भन्ने अब, जसले हाम्रो व्यवस्थापन गर्छ त्यसैलाई भोट दिने हो । यसभन्दा पहिले धेरै आश्वासन भए । हामीले अहिले पहिला काम त्यसपछि भोट अभियान नै चलाएका छौँ’, दिव्याले भनिन्, ‘आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन । अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने माग पूरा हुन्छ कि भन्ने आशा अझै बाँकी छ ।’

भजनी नगरपालिका–५ का सूर्यबहादुर साउँद पनि महुल्याल सामुदायिक वनको जग्गामा बस्दै आएकी छन् । कान्द्रा नदीको बाढीबाट विस्थापित भएका सूर्यबहादुरको आशा सरकारले व्यवस्थापन गर्ला भन्ने थियो । त्यो आशा पूरा हुन सकेन । निर्वाचनको समयमा नदीमा तटबन्ध गर्ने एजेन्डालाई विशेष महत्त्व दिएका उम्मेदवारले निर्वाचन जितेर कार्यकाल पूरा गरे पनि ती एजेन्डा पूरा गर्न नसकेको साउद बत्ताउँछन् ।

‘घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए । पाँच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले सम्झिएन । हाम्रो समस्या बुझ्न कोही आएन’, साउदले भने, ‘अब हामी पनि सचेत भइसकेका छौँ । कसले काम गर्न सक्छ कसले सक्दैन त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसैअनुसार हामीले पार्टीभन्दा पनि व्यक्तिलाई भोट हाल्छौँ ।’

भजनी नगरपालिका–५ दुदुवाफाँटाका लोकेन्द्र साउदको पीडा पनि त्यस्तै छ । उनीसँग पाँच बिघा जग्गाको लालपुर्जा छ । त्योमध्ये उनीसँग अहिले दुई बिघा जग्गा छ । मोहना नदीको कटानले उाको दुई बिघा जग्गा नदीमा परिणत भइसकेको छ । ‘अहिले सरकारले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँदै आएको छ । सुकुम्वासी हौँ भनौँ भने जग्गा छ । होइनौँ भने सबैबाट बढी सुकुम्वासी हामी भएका छौँ । यसमा राज्यले केही गर्न सकेन’, लोकेन्द्रले भने, ‘अब हामी त्यो आश्वासन दिने व्यक्तिको पक्षमा छैनौँ । हाम्रो मुद्दालाई महसुस गरेको व्यक्तिलाई अबको निर्वाचनमा हाम्रो साथ र समर्थन रहनेछ ।’

प्रतिक्रिया दिनुहोस