२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा सचिव कार्यवाहक अध्यक्ष

अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो ।

यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ ।

सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।

त्यसैगरी बैठकले नन्दीरात्रि माध्यमिक विद्यालय नक्सालमा राजेश हुमागाईँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ ।