काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २४३ जना सक्रिय संक्रमित रहेको छ ।