९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिकूल मौसमले उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ ।
मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ ।

विशेष गरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । विराटनगर विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलाइन्सले जनाएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताए । ‘प्रतिकूल मौसमले ठाउँ ठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ । वर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए’, उनले भने । उनका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान ‘डाइभर्ड’ भएका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यून चापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस