२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तनावले ढलेका कर्मचारीलाई अध्यक्षले यातना दिएको हौवा फिजाइयो’

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको बताएका छन् ।

सम्बन्धित समाचार : नेपाल एयरलाइन्सका अध्यक्षले ‘ह्यारेसमेन्ट’ गर्दा कर्मचारी बेहोस

निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासि आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । उनले निगम अध्यक्षको कार्यकक्षमा लगाइएको ताला पनि सङ्गठनका पदाधिकारीले हिजै खोलिसकेको स्पष्ट पारे ।

‘कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ गरिएको थियो, यही विषयलाई बढी हौवा फिजाइयो । निगमको प्रगति देख्न र सहन नसक्ने केही विरोधी स्वार्थी समूहको संलग्नतामा नकारात्मक प्रचारबाजी भएको छ’, अध्यक्ष अधिकारीले भने ।

अधिकारीले बिरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल मोडल अस्पताल पुर्‍याए पनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएको बताइएको छ ।

हालै पर्यटनमन्त्री प्रेमबहादुर आलेले अध्यक्ष अधिकारीमाथि स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै ओझालाई अधिकारीले कार्यकक्षमा बोलाएर साधारण सोधपुछ गर्ने काम गरे पनि उक्त विषयलाई विभिन्न सञ्चारमाध्यम र निगमभित्रकै कर्मचारी सङ्घसंस्थाले यसलाई ठुलो ‘इस्यू’ बनाएको निगमले जनाएको छ ।

निगमको आधिकारिक ट्रेड युनियन निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले घटनाको सत्य तथ्य नआईकन कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाउने विषयमा सङ्गठनको असहमति रहेको बताए ।

उनले भने, ‘कर्मचारी साथीहरूले हिजो साँझ कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाए भन्ने सुनिएको छ । हामीसँग छलफल भएको छैन, ताला लगाउने विषयमा हाम्रो सहमति छैन । कार्यकारी प्रमुखले कर्मचारीलाई अनुचित दबाब दिएको भन्ने आएको छ, सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा हो तर तालाबन्दी गरिनु राम्रो होइन, कार्यालय पुगेर छलफल हुन्छ ।’