९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध, यस्ताे छ पार्टीगत अवस्था !

अ+ अ-

काठमाडौँ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र काँग्रेस दोस्रो स्थानमा रहेका छन् ।

निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एक जना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

त्यस्तै उपाध्यक्षमा एमालेबाट दुई जना निर्विरोध निर्वाचित भएका छन् । उनीहरू डोल्पा र मनाङका हुन् । नेपाली काँग्रेसबाट एक जना र नेकपा एसबाट एक जना उपाध्यक्ष निर्विरोध भएका छन् ।

वडाध्यक्षतर्फ एमाले र काँग्रेसका १४–१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

सदस्यतर्फ एमालेका २६ जना, काँग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, काँग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७(७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । काँग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १(१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै काँग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

जसपा र लोसपाका एक(एक जना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछि मात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस