२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

अ+ अ-

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

काँग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झन्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ ।

माओवादी कार्यकर्ताले आज (बिहीबार) बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।

नेपाली काँग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ ।

बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए । त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको हो ।

काँग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केराका बोट काटिदिएको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ ।

काँग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक विक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको हो ।