९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक स्थानमा राखिएका दलका झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

अ+ अ-

काठमाडौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौँडाको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार–प्रसारमा संलग्न रहेको भनी उजुरी परेका ११ जना कर्मचारीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गरी उनीहरूले पेस गरेको स्पष्टीकरण आधारमा कारबाही प्रक्रिया अघि बढाएको हो ।

बैठकको निर्णय अनुसार ती कर्मचारीहरूले सो कार्यमा जानी नजानी केही कमजोरी भएको भए सच्याई आचारसंहिताको परिपालनामा पूर्ण प्रतिबद्धता जनाएका छन् । उनीहरूलाई कुनै पनि दल र उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार÷प्रसारमा संलग्न नहुन, सामाजिक सञ्जालबाट चुनाव प्रचार सम्बन्धी सामाग्री तत्काल मेटाउन र निजहरूलाई आसन्न स्थानीय तह निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा नखटाउने बैठकले निर्णय गरेको छ ।

यस्तै, आमसभामा एक जना पत्रकारले सम्बोधन गरेको भन्ने विषयमा निज पत्रकारले पत्रकारको हैसियतले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा आचारसंहिता विपरीत समाचार सम्प्रेषण नगरेको र आचारसंहिता परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरालाई मध्यनजर गर्दै निजलाई आचारसंहिता परिपालनामा सजग रहन निर्देशन दिने लगायतको निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले सार्वजनिक स्थानहरूमा दलको झण्डा र चुनाव चिन्ह राख्ने दल र उम्मेदवारहरूलाई तत्काल सार्वजनिक स्थानहरूबाट सो हटाउन निर्देशन दिने, निजी घर आवासहरूमा सम्बन्धित घर धनीको अनुमति विना टाँसिएका पम्प्लेट तत्काल हटाउन सम्बन्धित दललाई निर्देशन गर्ने, सार्वजनिक यातायातमा राखिएका झण्डा र चुनाव चिन्ह, तत्काल हटाउन लगाउन ट्राफिक प्रहरीलाई निर्देशन दिने लगायतको निर्णय गरेको छ ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१८ मा आचारसंहिता विपरीत जस्तापाता लगायतका सामानहरूको वितरणमा उम्मेदवारहरूको संलग्नता रहेको भन्दै सो सामाग्रीहरू पूर्व निर्धारित कार्यक्रम अन्तर्गतको भएतापनि मतदानको दिनपछि मात्रै सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न दिने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस