२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा मदिरा बिक्री वितरण गर्न निषेध

अ+ अ-

भक्तपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधीश गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीन वटै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायबिच भएको निर्वाचनसम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आगामी २७ गते राति १२ बजेदेखि ३० गतेसम्म मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ ।

साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशको अवज्ञा गरे तत्काल पक्राउ गरी कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिए ।

सबैले आचारसंहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत्, टेलिफोन तथा इन्टरनेटको आपूर्ति गर्न विद्युत् प्राधिकरण र टेलिकमलाई निर्देश गरेको छ ।

निर्वाचनका दिन जिल्लामा सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरी प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अवस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिन सक्ने गरी तयारी अवस्थामा राख्न, दमकल, डोजरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव वाहन, अस्पताल, विद्युत् सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारीसाधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय गरेको प्रजिअ शर्माले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चारवटै नगरपालिकाका लागि चार एम्बुलेन्समा प्राथमिक उपचारको सामग्रीसहित राखिने बताए । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।