२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

अ+ अ-

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन ।

स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा दिइने सेवा सुविधा नखाने घोषणा गरी केही दलका उम्मेदवारले चुनावमा उम्मेदवार दिएका छन् ।

सेवा सुविधा नलिने घोषणा गर्नेमा सबैभन्दा बढी काँग्रेसका उम्मेदवार छन् । भीमदत्त नगरपालिकामा काँग्रेसका तीन वडाध्यक्षका उम्मेदवारले सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

जिल्ला सदरमुकाम बाहिर बेलडाँडी गाउँपालिकामा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार दीपेन्द्र धामीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सेवा सुविधाबापत पाउने रकम विपन्न परिवारका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

काँग्रेसका वडाध्यक्षका उम्मेदवार आशेफ कुँवर, भूपेन्द्र रावल र प्रकाश थापाले सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनीहरुमध्ये भीनपा–१ मा अघिल्लो निर्वाचनमा निर्वाचित कुँवर फेरि दोहोरिएका छन् । रावल र थापा पहिलो पटक चुनावी मैदानमा छन् ।

अघिल्लो कार्यकालमा निर्वाचित कुँवरले आफूले पाउने सेवा सुविधा ज्येष्ठ नागरिकलाई वितरण गरेका थिए । भीनपा–१२ मा रावलले सेवा सुविधाबाट कोष खडा गरी विपन्न, दलित, विद्यार्थीको स्कुल ड्रेस, सुत्केरी महिला तथा एकल वृद्धवृद्धामा खर्च गर्ने घोषणा गरेका छन्

सेवा सुविधा नलिनेमा नेकपा (माओवादी केन्द्र) बाट भीनपा–३ का अध्यक्षका उम्मेदवार उपेन्द्रबहादुर कुँवर पनि छन् ।

माओवादीको प्रदेश सल्लाहकार कमिटी सदस्य उनले सेवा सुविधाबापत पाउने रकमबाट कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानमा खर्च गर्ने घोषण गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–३ बाट एमालेबाट उम्मेदवार बनेका कपेन्द्र बमले समेत थारु मतदाता आकर्षित गर्नका लागि नगरपालिकाबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।