९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो पटक चार महिला अधिकृत आइजिपी बन्ने दौडमा

अ+ अ-

काठमाडौँ । ३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) सोझै नायब महानिरीक्षक (डिआइजी) बाट हुनेछ । भावी आइजिपी बन्ने उक्त ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहेको छ । स्थानीय तह निर्वाचनपछि उनीहरु डिआइजीमा बढुवा हुनेछन् ।

रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डिआइजीको १७ दरबन्दी खाली हुनेछ । त्यही दरबन्दीमा बढुवा हुन यति बेला एसएसपीहरूबिच रस्साकस्सी देखिएको छ । डिआइजीबाटै आइजिपीमा बढुवा हुनसक्ने भएकाले वरीयतामा अगाडि आउन सम्भावित उमेदवारहरुबीच तँछाडमछाड देखिन्छ । तीमध्ये चार जना महिला एसएसपी छन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरू अहिले सिनियर एसएसपी छन् । उनीहरूमध्येबाटै नेपाल प्रहरीले भावी आइजिपी पाउनेछ । प्रहरी निरीक्षकको त्यो ब्याचमा नाम निकाल्नेमध्ये ४ जना महिला थिए ।

त्यसअघि नेपाल प्रहरीमा यति धेरै सङ्ख्यामा महिलाले एकै पटक प्रहरी निरीक्षकमा नाम निकालेका थिएनन् । त्यतिबेला नाम निकाल्ने चारै जना महिला अधिकृत अहिले एसएसपी छन् । मिरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गा सिंह डिआइजी बन्ने प्रतिस्पर्धा मा देखिएका हुन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकमा नाम निकाल्नेबाट पहिलो लटमा २०७५ फागुनमा एसएसपीमा बढुवा भएका थिए । १४ जना बढुवा भएकामा गणेश रेग्मीले अवकाश पाइसकेका छन् । मिरा आठौँ र किरण बज्राचार्य १० औँ नम्बरमा थिए । रेग्मीको अवकाशपछि दुवै जना वरियतामा एक स्थान माथि उक्लिएका छन् । किरण राणा र दुर्गा सिंह भने त्यो लटमा बढुवा हुन छुटेका थिए । उनीहरु २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका हुन् । त्यतिबेला १९ जना एसपीको बढुवा भएकामा दुर्गा नवौँ र किरण १२ औँ स्थानमा थिए ।

एसएसपी अघि यी चारै जना महिला अधिकृत एक साथ बढुवा हुँदै आएका थिए । यी चार जनामध्ये प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा किरण बज्राचार्य पहिलो, मिरा दोस्रो, दुर्गा तेस्रो र किरण राना चौथो नम्बरमा थिए ।

एसपी र एसएसपीमा भने मिरा पहिलो नम्बरमा उक्लिइन् । किरण बज्राचार्य दोस्रो नम्बरमा झरेकी थिइन् । नेपाल प्रहरीमा महिला अधिकृत एआईजीसम्म भएको इतिहास छ । हाल प्राविधिकतर्फ आशा सिंह एआईजी रहेकी छन् ।

जनपदतर्फ पूजा सिंह डिआइजी रहेकी छन् । यसअघि जनपदतर्फ पार्वती थापा पनि डिआइजीसम्म भएकी थिइन् । २०५१ चैतपछिका इन्स्पेक्टर ब्याचहरूमा पनि महिलाहरूले छिटफुट नाम निकाल्दै आएका थिए ।

०६२–६३ को जनआन्दोलनपछि सरकारी सेवामा महिला आरक्षणको व्यवस्था गरिएपछि प्रहरी सेवामा पनि महिलाको उपस्थिति बढेको थियो । २०६७ सालमा ८० जना प्रहरी निरीक्षक भर्ना लिएकामा ५ जना महिलाले पनि नाम निकालेका थिए ।

२०७२ सालको १२६ जना प्रहरी निरीक्षक भर्नामा १४ जना महिलाले नाम निकालेका थिए । त्यसमा ४ जना विभागीय थिए भने बाँकी फ्रेस । त्यसयताका भर्नामा पनि महिलाहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहने गरेको छ ।

नेपाल प्रहरीमा १६ महिना जुनियर एआईजीलाई आइजिपी बनाएपछि डिआइजी बन्ने प्रतिस्पर्धामा एसएसपीहरूको लहरो लामै देखिएको छ । करिब १४ महिना जुनियर एसएसपीहरूसमेत पहिलो लटमै डिआइजी बन्ने दौडमा देखिएका छन् ।

‘सरकारले १६ महिना जुनियर एआईजीलाई आइजिपी बनाएपछि सङ्गठनभित्र अहिले जे पनि हुन सक्छ भन्ने वातावरण सृजना भएको छ । तर, पहिलो लटमै वरियतामा अगाडि रहेर बढुवा हुन पाए भोलि आइजिपी बन्ने प्रतिस्पर्धा गर्न सजिलो होस् भन्ने सबैलाई लाग्छ’, बहालवाला एक एसएसपी भन्छन् ।

सरकारले दुई महिनाअघि थपेका तीन एआईजी दरबन्दीमा बढुवा गरेका धिरज प्रताप सिंहलाई आइजिपी बनाएपछि प्रहरीभित्र शक्ति केन्द्र धाउनेको लर्को बढेको अधिकारीहरूले बताएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक महिला एसएसपी दाबी गर्छिन्, ‘हामी हाम्रा कुनै पनि पुरुष ब्याचीभन्दा कम छैनौँ । भेदभाव नगरिएको अवस्थामा सङ्गठनले पहिलो पटक महिला आइजिपी पाउने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस