९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सेवामा समर्पित गर्ने उम्मेदवारलाई जिताउनुहोस् : भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन् ।

उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जताउन र गठबन्धनको पक्षमा दरिलो भएर उभिन आम जनसमुदायलाई आग्रह गरिन् ।

माओवादीले काठमाडौँको पूर्वी नगर शङ्खरापुरमा आज आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै नेत्री भुसालले भनिन्, ‘जनतालाई सीप उपलब्ध गराउने र सोहीअनुसारको व्यवसाय तय गरेर आर्थिक सामाजिक उन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई मत प्रदान गर्न आग्रह गर्दछु ।’

उनले शिक्षा र स्वास्थ्यले समाजको वर्गीय धरातल झनै फराकिलो बनाउँदै लगेको भन्दै स्थानीय तहले सो क्षेत्रको गुणस्तर सुधारेर आफ्ना जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले भनिन्, ‘सबैले सबैसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ, अनि मात्र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्छौँ । संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा जान सक्छौँ । सोही जिम्मेवारीलाई उम्मेदवारले गहन रूपमा लिनुपर्छ ।’

जनताको इच्छा र आकाङ्क्षामा एकाकार भएर आफ्नो पार्टी अगाडि बढ्ने विश्वास दिलाउँदै उनले माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा नगरको विकास गर्ने र ऐतिहासिक शङ्खरापुरलाई ‘हेरिटेज सिटी’का रूपमा विकास गरिने बताइन् ।

कार्यक्रममा शङ्खरापुर मेयरका उम्मेदवार मधु केसी (नीरज)ले आफूले निर्वाचन जितेमा नगरका जनताको आधारभूत आवश्यकतालाई सहज तुल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि, पर्यटनलाई केन्द्रमा राखेर नगरको विकास गर्ने र त्यसका लागि आफूले केन्द्रसँग पहल गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस