काठमाडौँ । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार- प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आज (शुक्रबार) पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मत संकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ ।’
सम्बन्धित समाचार : पूर्वप्रधानमन्त्री भट्टराईले मत सङ्केत देखाएसँगै हुनसक्छ १५ हजार जरिवाना